विराटनगरको ऐतिहासिक रथयात्रा यसपटकदेखी रुट परिवर्तन हुदै

विराटनगरको ऐतिहासिक रथयात्रा यसपटकदेखी रुट परिवर्तन हुदै

प्रेम देवान
विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिदै आएको रथयात्रा यस पटकदेखी रोडशेष सम्मको बाटो हुदै बसपार्कबाट धरान रोडको बाटोबाट निकालिने भएको छ ।

कोरोना भाईरसको कारण २ बर्ष सम्म रोकिएको विराटनगरको लागी मानिएको ऐतिहासिक रथ यात्रा ५४ औं संस्करणको रथयात्रा निकालीने तयारी गरिदैछ । यसपटक पनि जिल्ला प्रशासन कार्यालय मोरङले आयोजक समितिलाई रथ यात्रा नगर्न आदेश दिएको थियो । तर पनि नगरवासीको चौतर्फी विरोधका कारण पुन गर्ने निर्णयमा पुगेको छ ।
५४ औं संस्करणको रथयात्रा रथ यात्रा भदौ ४ गते परेको छ । त्यसको अघिल्लो दिन श्रीकृष्ण जन्माष्टमीको पुजाआराधाना गर्ने गरिन्छ । विराटनगर धार्मिक आस्थाको केन्द्रमा भव्य रुपमा निकालिदै आएको रथ यात्रा धार्मिक धरोहरको रूपमा स्थापित मानिदै आएको ऐतिहासिक रथ यात्राको बाटो भने बढेको छ ।
यस अघि विराटनगर महानगरपालिका वार्ड नं १ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथ यात्रा ट्राफिक चौकबाट हिमालय रोड हुदै महेन्द्र चौकबाट धरान रोडबाट निकालिने गरिथ्यो ।

तर यसपटक भने हिमालय रोडलाई सौन्दर्यकरण गरेका कारण ट्राफिक चौकबाट सिधै रोडशेष सम्म पु¥याएर धरान रोड हुदै बरगाछीबाट सिधै मन्दिरमा विश्रजन गरिने राधाकृष्ण मन्दिर समिति विराटनगरका सचिव कपिल कुमार भण्डारीले जानकारी दिए । यसपटक भदौ ४ गते शनिबार अपरान्ह ३ बजे मन्दिरबाट विधिवत पुजाआराधाना गरि निकालिने भण्डारीले बताए । यसपटक रथ यात्रा ३७ स्थानमा विश्राम गरी करिब ३ किलो मिटरको बाटो तय गर्दै ४ घन्टा भित्र तय गरिने मन्दिर व्यावस्थापन समितिले जनाएको छ ।
वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण आरूढ ’ खट यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा वि.सं. २०२५ सालवाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको छ । ऐतिहासिक रथयात्रा भारतको जगन्नाथपुरी रथयात्रा पछिको सबै भन्दा ठूलो रथयात्रा मानिदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्