विराटनगर । विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले सोमबार कक्षा – १२ का विद्यार्थीहरुको लागि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरेका थिए । हाजिरी जवाफमा कक्षा १२ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम मखमली सेक्सन, द्वितीय निलकमल सेक्सन र तृतिय लालुपाते सेक्सन भएका थिए । विजयी प्रतियोगीहरुले कक्षा ११ को क्वीज विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा नवजीत प्रधान, दिपेस भगत, पि. के. झा, गणेश दाहाल लगायतले क्वीज मास्टरको भूमिका निर्वाह गरेका थिए । मेरिल्याण्ड कलेजले २०६९ सालको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त कृयाकलाप गराउँने गरेको कुरा प्रिन्सीपल लक्ष्मण ढकालले बताए ।