विराटनगर । गत साउन २ गते विराटनगर–१२ रोडशेष चौकबाट एक वर्षीया बालिका अपहरण गरेको आरोपमा पक्राउ दुईजना पुर्पक्षको लागि जेल चलान भएका छन् । विराटनगर ६ रामपुर चौकका २७ वर्षीय रवीन्द्र कुमार साह र विराटनगर ५ कारखाना टोलकी २७ वर्षीय अनु साह जेल चलान भएका हुन् ।
बुढीगंगा १ का दिपेन यादवकी छोरी निकिशा यादवलाई अपहरण गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । मोरङ अदालतका न्यायाधीश दुर्गा प्रसाद ढुंगेललको इजालशले पक्राउ परेका दुवै जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेपछि सोमबार मोरङ कारागार चलान भएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अनु र रवीन्द्रले बालिका अपहरण गरेर भारतको दरभंगा पु¥याएका थिए । अपहरण गरेको दुई दिनपछि प्रहरीले दरभंगाबाट उद्धार गरेर साउन ४ गते विराटनगर ल्याएको थियो ।