कक्षा ११ का नयाँ विद्यार्थीलाई एभरेष्टमा अभिमुखिकरण

<span class='c1'>कक्षा ११ का नयाँ</span> <span class='c2'>विद्यार्थीलाई एभरेष्टमा अभिमुखिकरण</span>

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण कक्षा (ओरेन्टेसन) दिएको छ ।

विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीलाई आज कलेजका प्रमुख टिकाराम पुरी, सहायक प्रमुख नारायण कडरिया, विज्ञान संकाय प्रमुख भुवन गौतम र व्यवस्थापन संकाय प्रमुख ऋषभ पाण्डेले ओरेन्टेसन दिनुभएको हो । विद्यार्थीलाई सम्बोधन गर्दै कलेज प्रमुख पुरीले विद्यार्थीलाई आफ्नो लक्ष्य र अभिभावकको लगानीलाई सार्थक बनाउने गरि मेहनत गर्न सुझाव दिनुभयो । उहाँले कलेजले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति आवश्यक वातावरण तयार गरिदिने भन्दै सफलताका लागि विद्यार्थीको आफ्नो मेहनत महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी चाहन्छौं, हाम्रा विद्यार्थी संसारसँग प्रतिष्पर्धी बन्ने मात्रै होइन अब्बल प्रमाणित हुन्, यसकालागि हामीले नविन प्रविधिको उपयोग मात्रै गरेका छैनौं हरेक कक्षा कोठालाई समेत वातानुकुलित बनाएका छौं ।’ विद्यार्थीले शैक्षिक ज्ञान लिएर मात्र नहुने भन्दै उहाँले प्रविधिको उच्चतम उपयोग, सीप र संस्कारलाई पनि सँगै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रा विद्यार्थी, अध्ययनमा अब्बल मात्रै हैन अनुशासीत हुनुपर्छ, संस्कारयुक्त हुनुपर्छ र प्रविधिमा अब्बल हुनुपर्छ ।’

सहायक प्रमुख नारायण कडरियाले कक्षा ११ मा भर्ना भइरहँदा हरेक विद्यार्थीले गगनचुम्बि लक्ष्य लिइरहेको हुने भन्दै त्यस लक्ष्यलाई सार्थक बनाउन अबको दुई वर्ष आधारशिला हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘तपाईहरुले अबको दुई वर्ष हरेक दिन अनुशासित भइ सकारात्मक सोचका साथ मेहनत गर्नुहोस, लक्ष्य तपाईहरु नजिक आईपुग्छ ।’ उहाँले एभरेष्ट कलेजले विद्यार्थीलाई कक्षाकोठा भित्रको अध्ययनमा मात्रै सिमित नराखि संसारसँग परिचित हुने वातावरण तयार पार्ने बताउनुभयो । मानिससँग आफुभित्र अथाह क्षमता हुँदा पनि आत्मविश्वासको कमिले उ असफल भइरहेको हुने चर्चा गर्दै एभरेष्टले आत्मविश्वास बढाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘जीवनको भविष्य बनाउन यो दुई वर्ष आधारशिला हो, यो समयको राम्रो सँग उपयोग गर्नुहोस । ओरेन्टेसनमा संकायका प्रमुखहरुले विषयको जानकारी, भविष्यका सम्भावना र शैक्षिक गन्तव्यका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्