मोरङमा २७ हजार मतदाता थपिए

<span class='c1'>मोरङमा २७ हजार</span> <span class='c2'>मतदाता थपिए</span>

विराटनगर । मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार आठ सय ३९ र महिला १३ हजार तीन सय ८६ छन् । गत वैशाख ३० गते सम्पन्न जिल्लाको पालिकाको निर्वाचनमा पुरुष तीन लाख ६३ हजार चार सय ४८, महिला तीन लाख ५१ हजार सात सय ६९ र छ अन्य गरी सात लाख १५ हजार दुई सय २३ मतदाता थिए ।

कार्यालयका प्रमुख लवनकस्यप अधिकारीले मोरङमा पाँच मतदानस्थल थप र सात मतदान स्थल सार्न केन्द्रमा पत्राचार गरिएको जानकारी दिनुभयो । गत स्थानीय निर्वाचनमा जिल्लाको १७ पालिकामा सम्पन्न निर्वाचनमा तीन सय मतदानस्थलमा आठ सय २० केन्द्र थियो । स्थानीय पालिका निर्वाचनमा उम्मेदवार भएकामध्ये मोरङमा चार सय ६२ ले निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार जिल्लाको १७ स्थानीय पालिकाका उम्मेदवार भएका चार हजार तीन सय ४६ मध्ये ११ प्रतिशतले मात्र निर्वाचन खर्च विवरण बुझाएको जनाएको छ । स्थानीय निर्वाचनमा उम्मेदवार भएका ४७ प्रतिशतले खसेको सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्