मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

<span class='c1'>मेची अस्पतालमा जनशक्ति</span> <span class='c2'>अभाव, बिरामीलाई सास्ती</span>

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ ।

विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ । उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ । जनशक्ति अभावपछि बिरामी मारमा छन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि झन् धेरै जनशक्ति अभाव खड्किएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट टङ्क बाराकोटीले बताउनुभयो । “बिरामीको चाप दिन प्रतिदिन बढ्दो छ, तर चिकित्सक दरबन्दीअनुसार नभएका कारण सेवाग्राही सेवा पाउनबाट बञ्चित छन्”, उहाँले भन्नुभयो ।

हल्दिबारी–३ का यादव खतिवडा भन्नुहुन्छ, “बिहानदेखि लाइन बसेको अहिलेसम्म पालो आएको छैन, भीड भएका कारण हरेक ठाउँमा लाइन बस्नुपर्छ । हिजो पनि आएको थिएँ ।” टाढाबाट आउने बिरामीलाई असहज भएको उहाँको भनाइ छ ।

मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ । अस्पतालमा दैनिक औसत आठ सय जनाले बहिरङ्ग सेवा (ओपिडी) लिँदै आएका छन् । अस्पतालमा विभिन्न कार्यक्रम बढेसँगै बेड पनि बढ्दै गएको बाराकोटीले बताउनुभयो । “सेवा विस्तार भएको छ, तर जनशक्ति अभाव छ ।” अस्पतालमा छात्रवृत्ति, करार र अन्य गरी २८ चिकित्सकले सेवा दिइरहेका छन् । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्