पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन विषय समावेश गर्ने बारे अन्तरक्रिया

पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन विषय समावेश गर्ने बारे अन्तरक्रिया

विराटनगर । व्यवहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेशनं. १ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्रालयद्वारा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो ।

परम्परागत शिक्षा अभ्यासको शिक्षा नभई प्रमाणपत्र मात्रप्राप्त गर्ने प्रकृतिको भएकाले प्रदेश सरकारले व्यवहारिक शिक्षालाई जोड दिइरहेको र त्यसैअनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धि विषय समावेश गर्न मन्त्रालयले कार्यक्रमको आयोजना गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताउनुभयो । ‘विद्यार्थी विद्यालयबाट निस्केपछि बाटोमा सुरक्षित हुनुपर्‍यो, पानीमा सुरक्षित हुनुपर्‍यो, आगोमा सुरक्षित हुनुपर्‍यो, भूकम्पमा सुरक्षित हुनुपर्‍यो उ सुरक्षितभयो भने सिकाइको अर्थ रहन्छ, उसले समाजलाई सुरक्षित बनाउन सक्छ अनि राष्ट्र पनि सुरक्षित हुन्छ ।’ उहाँले भन्नुभयो ।

विद्यार्थीलाई नयाँ कुरा दिननसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुनका लागि पढ्ने भन्दै यसलाई तोड्न सिकाइको नयाँ नीति अख्तियार गर्नुपर्ने आवश्यक रहेकोमा मन्त्री कार्कीको जोड छ । सहभागीले विद्यार्थीलाई बोझहुने कुरा सिकाउनु भन्दा व्यवहारिक शिक्षामा जोड दिनु आवश्यक भएको र सरकारले त्यसको सुरुवात गरेको बताएका छन् ।

प्रदेशका सबै स्थानीय सरकार, सामाजिक विकास मन्त्रालय तथा केन्द्रको सरकारसँग पनि समन्वय गरेर यसलाई पूणर्ता दिन सकिने विपद् तथा शैक्षिक क्षेत्रका जनकारहरूले बताएका छन् । उनीहरुले तहगत रुपमै विषय समावेश गर्न सकिने भन्दै प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्