लोक सेवा डेण्टल क्लिनिकको इटहरी शाखा सञ्चालमा

लोक सेवा डेण्टल क्लिनिकको इटहरी शाखा सञ्चालमा

विराटनगर । लोक सेवा डेण्टल क्लिनिकले इटहरीमा आफ्नो शाखा सञ्चालमा ल्याएको छ ।

चार वर्षदेखि विराटनगरको बरगाछी चौकमा सेवा दिदै आएको डेण्टलले बुधबारबाट औपचारिक रुपमा इटहरीमा आफ्नो सेवा विस्तार गरेको हो । पूर्वका विरामीको सुविधालाई ध्यानमा राखेर सेवा विस्तार गरेको डेण्टलका सञ्चालक डा. पवन मेहताले जानकारी दिनुभयो । विशेषज्ञ डाक्टर र सुबिधा सहितको स्रोत साधनका साथ डेण्टल सञ्चालनामा ल्याइएको पनि उहाँले जानकारी दिनुभयो ।

डेण्टलको इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवश पोखरेलले उद्घाटन गर्नुभएको थियो । डेण्टल ५२ लाखको लागतमा सञ्चानमा ल्याएको जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्