दिलसाद आलमद्वारा रथयात्राको दिन विराटनगरमा एकलाख मास्क वितरण गर्ने घोषणा

दिलसाद आलमद्वारा रथयात्राको दिन विराटनगरमा एकलाख मास्क वितरण गर्ने घोषणा

विराटनगर। विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्राको दिन एकलाख मास्क वितरण गरिने भएको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका युवा दिलसाद आलमले एकलाख मास्क वितरण गर्ने घोषणा गरेका हुन् । सोमबार बिहान सामाजिक संजाल फेसबुकमार्फत उनले एकलाख मास्क विवरण गर्ने जानकारी गराएका थिए । विराटनगरमा एकै पटक हजारौं नागरिक श्रद्धा अर्पण गर्न सडकमा निस्कने गरेका छन् ।

आलमले मास्क वितरण गरेर रथयात्रामा सहभागी हुन आउने श्रद्धालुलाई कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहनुपर्ने सन्देश दिन खोजेको बताएका छन् । उनले काठमाण्डौंबाट मास्क मगाएर वितरण गर्ने जानकारी दिइएका छन् । उनले हिन्दुहरुको आस्थाको दिन अन्तर–धार्मिक सहिष्णुता दर्शाउन पनि मास्क वितरण गर्ने जनाएका छन् । आलम विराटनगरमा सामाजिक क्षेत्रका क्रियाशिल युवा मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्