ओवी समाचार प्रभाव:विद्यार्थीलाई निर्घात कुटपिट गर्नेलाई शिक्षकलाई कारबाहीको माग

<span class='c1'>ओवी समाचार प्रभाव:विद्यार्थीलाई निर्घात कुटपिट</span> <span class='c2'>गर्नेलाई शिक्षकलाई कारबाहीको माग</span>

विराटनगर । विराटनगर–६ सरोचिया रोडमा रहेको मेरिगोल्ड स्कुलका शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको भन्दै विद्यार्थी संगठनले शिक्षक उपर कारबाहीको माग राखेका छन् ।


आवर विराटनगरले बुधबार ‘शिक्षकद्धारा विद्यार्थी माथी कुटपिट’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेसँगै अनेरास्ववियूले ध्यानकर्षण जनाउदै विद्यार्थी सगठनले शिक्षकलाई कारबाही हुनुपर्ने माग राखेर विज्ञप्ती जारी गरी स्कुल प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएका छन् । विज्ञान संकायका शिक्षक विकास मण्डलले कक्षा ६ मा अध्ययनरत १४ बषिय गोविन्द साहलाई शरिरका विभिन्न ठाँउमा निलडाम बस्ने गरी कुटपिट गरेका थिए । कुटपिट गर्ने शिक्षक भने २ दिनदेखी विद्यालय आएका छैनन् ।


अनेरास्ववियू महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका अध्यक्ष विशाल साहले विज्ञप्ती निकाल्दै कारबाहीको माग गरेका थिए । यसै विच बिहीबार अनेरास्ववियु विद्यार्थी संगठनले स्कुल प्रसाशनमा पुगेर शिक्षकलाई तत्काल कारबाही हुनुपर्ने भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्