नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट गरिदै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट गरिदै

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनको लागि प्रदेश १ मा खेलाडी छनौट गरिने भएको छ ।

पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनको लागि खेलाडी छनौट गरिने भएको हो ।
राष्ट्रिय प्रतियोगितामा छनौट हुनका लागि छनौट चरणको खेलहरूमा भदौको दोस्रो साताबाट सुरू हुने खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्यीय सचिब हंशराज वाग्लेले जानकारी दिए । उनका अनुसार जिल्ला स्तरीय छनौट चरणको खेलहरु भदौ ५ देखिबाट १० गतेसम्म सुरू हुनेछ । जिल्लाबाट छनौट भएका खेलाडीहरू प्रदेशमा आउनेछन् । प्रदेशबाट छनौट भएका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रदेश स्तरमा छनौट चरण भदौ १६ देखि १० गतेसम्म संचालन हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट ३६ वटा विभिन्न खेलकुद विधामा खेलाडीहरूले भाग लिनेछन् ।
तीन वर्ष अगाडी नेपालगन्जमा सम्पन्न भएका आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. १ ले ९ स्वणर्, २० रजत र ५९ कास्य पदक ल्याएर ७ औं भएको थियो । २०७३ मा विराटनगर सम्पन्न भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि प्रदेश १ सातौं नै भयो । त्यसबेला प्रदेश १ ले ६ स्वणर्, १६ रजत र ४७ कास्य पदक दिलाएका थिए । नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पनि प्रदेश १ का ८८ जना खेलाडीहरुले विभिन्न खेलमा स्वणर्, रजत र कास्य पदक जितेका थिए । त्यसबेला प्रदेश १ बाट एकल तर्फ २० जना र टिम इभेण्ट तर्फ ७८ जनाले तेह्रौ सागमा पदक जितेका थिए ।

खेलकुद विकास बोर्डले बिहीबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा खेलकुदका प्रशिक्षकहरूले कमजोर भौतिक पुर्वाधार र खेल क्षेत्रमा लगानी अभावले प्रदेश १ को खेलक्षेत्रले फडको मार्न सकेको बताए । प्रदेशमा कुनै ठुला खालका प्रतियोगिता नहुनु, नियमित प्रशीक्षण नहुनुले नयाँ खेलाडी उत्पादन हुने र खेल्ने अबसरबाट समेत बन्चित हुन परेको छ । प्रयाप्त सामाग्री र प्रशीक्षक नहुंदा खेलकुदले गति लिन नसकेको उनीहरूले बताए । खेलक्षेत्रको विकासमा राज्यले प्रयाप्त लगानी नगर्दासम्म यस क्षेत्रको विकास हुन नसक्ने उनीहरूको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्