विराटनगरको राधाकृष्ण मन्दिरमा पुजा गर्नेको भीड ( फोटो फिचर )

विराटनगरको राधाकृष्ण मन्दिरमा पुजा गर्नेको भीड ( फोटो फिचर )

विराटनगर । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

यता श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा विराटनगर महानगरनगरपालीका १ पानीट्याङ्गकीमा रहेको श्री राधाकृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । मन्दिरमा पुजा गर्नको लागी विहानदेखी लाईनवद्ध श्रद्धालुभत्तजनहरुको ठूलो घुईचो देख्न सकिन्छ ।

मन्दिरमा आउने श्रद्धालुभत्तजनहरुले आफ्ना बालबालिकाहरुलाई कृष्णको भेषमा सजाएर ल्याएका छन् । मन्दिर परिसरमा भीडभाड हुने भएकाले ट्राफिक प्रहरीले उत्तर र दक्षिण दुवैसाईडमा सवारीसाधानलाई आउजाउमा रोक गरेको छ ।

मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि लामो धुईचो लागेको छ । शान्ति युवा क्लवका स्वयंसेवकहरुले भक्तजनहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्थापन मिलाएका छन् ।

आज राधा कृष्ण मन्दिर तथा विभिन्न स्थानहरुमा पण्डाल बनाएर व्रतालुहरु रातभर जाग्राम बस्ने र रातको ठिक १२ श्रीकृष्णको जन्मउत्सव मनाउने प्रचालन रहेको छ ।
यसैविच भोली ३ बजे विराटनगरको ऐतिहासिक रथ यात्रा निकालीने तयारी हुदैछ । कोरोनाको कारण २ वटा सस्करण रोकिएकोले भोली भव्यरुपमा विराटनगरको रथयात्रा निकालिने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्