विराटनगर । करियर बनाउन फार्मेसी अध्ययन गरिरहेकी एक किशोरीलाई शैक्षिक संस्थाका अनुशासन इन्चार्ज (डिआई) अमर भनिने सुरज सुवेदीले काबुमा राखेर जर्बरजस्ती करणी गरेको पीडितले बयानमा लेखाएकी छिन् । प्रहरीले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा किशोरीले दर्दनाक पीडा भोगेको बयान लेखाएकी हुन् ।
घटना चार महिना अगाडीबाट सुरु भएको थियो । परीक्षा लेखिरहेकी किशोरीको अगाडी सुवेदीले चिटको टुक्रा फ्याँकेर फर्केका थिए । त्यसपछि त्यहि दिन उनी किशोरीको कोठामा पुगेको बयानमा उल्लेख गराइएको छ । कोठामा पुगेका सुवेदीले चुरोट लिन किशोरीलाई पठाएका थिए । उनी बाहिर निस्केपछि पानीमा नशालु पदार्थ मिसाएर खुवाएका थिए । त्यसपछि बेहोस भएकी किशोरीलाई जर्बरजस्ती करणी गरेर अश्लिल भिडिओ बनाएका थिए । त्यहि भिडिओ सार्वजानिक गरिदिने धम्कीले किशोरीलाई काबुमा राखेर बारम्बार करणी गरेको बयानमा उल्लेख छ ।
मोरङ जिल्ला अदालतमा दायर भएका अभियोगपत्रमा किशोरीको बयानमा सुवेदीसँग बच्न दुई पटक कोठा सर्दा समेत घर पत्ता लगाएर पुग्ने र भिडिओ सार्वजानिक गरिदिने धम्की दिएर करणी गर्ने गरेको उल्लेख छ । बारम्बार उस्तै प्रकृतिको धाकधम्की र डरत्रासमा परेकी किशोरीलाई जेठ अन्तिममा विराट होटलको कोठामा सुवेदीले करणी गरेका थिए । त्यसपछि बीयर र गर्लफ्रेण्ड शेयर गर्न भन्दै विराटनगर–३ का ५० वर्षीय साथी बिनोद राउतलाई बोलाएको किशोरीले खुलाएकी छिन् ।
‘होटलका साहुसँग कोठा बुक गरेर मलाई राख्यो, भित्र पस्न साथ आफ्नो कपडा खोल्यो र बियरको बोतल लियो’ किशोरीले आफ्नो बयानमा लेखाएकी छिन्–मैले बियर खान्न, मलाई ‘पीरियड’ भएको छ भन्दा नाटक गर्छेस् भन्यो । जर्बरजस्ती बियर खान लगाएपछि दुई पटक करणी ग¥यो । त्यसपछि उसको साथी राउतलाई फोन गरेर बियर र गर्लफ्रेण्ड शेयर गर्नुपर्छ भन्दै बोलायो । बिनोद राउत त्यसपछि आएर जर्बरजस्ती करणी ग¥यो ।
किशोरीले आफू पढ्ने कलेजका अनुसाशन इन्चार्ज रहेका सुरजको डरले कसैलाई भन्न नसकेको बयानमा लेखाएकी छिन् । उनलाई काबुमा राखेका सुवेदीले कलेज जान समेत बन्चित गर्दै आएको खुलाएकी छिन् ।
राउत र सुवेदी कराँतेका प्रशिक्षक हुन् । उनीहरु दुवै राष्ट्रिय खेलकुद परिषद्बाट २०६१ सालदेखि स्थायी नियुक्ती पाएका थिए । २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त गरिएको थियो । दुवै नजिकका साथी र एकअर्कासँगै हिड्ने गर्दै आएका थिए ।
सामूहिक जबरजस्ती करणी मुद्दामा मोरङ अदालतमा बिहीबार मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय मोरङले सामूहिक जबरजस्ती करणी मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय र सामूहिक जबरजस्ती करणी गरेकोमा थप ५ वर्ष कैद र ३ लाख रुपैयाँसहित पीडितलाई उचित क्षतिपूर्तिको माग दाबीसहित मुद्दा दर्ता गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।
आइतबार प्रतिवादीको बयान हुने र त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । बलात्कार आरोपमा ८ साउनमा पक्राउ परेका दुवै अभियुक्त राजनीतिक, सामाजिक र व्यावसायिक हिसाबले पहुँचवाला मानिन्छन् । उनीहरुले प्रहरीमा लेखाएको बयानमा किशोरीको आरोपलाई इन्कार गरिएको छ । घटना अनुसन्धानमा उनीहरुको प्रभुत्व स्थापित भएको बयानमा उल्लेख गरेको उनीहरुको बयानबाट देखिन्छ ।
पीडित किशोरीको बयानमा भनिएको छ :
विराटनगरस्थित विराट हेल्थ कलेजमा डी फार्मेसीमा अध्ययनरत छु । विपक्षी सुरज सुवेदीसँग पढाइको सिलसिलामा चिनजान भएको हो । आजभन्दा ४ महिना पहिला मेरो फाइनल परीक्षा चलिरहेकोमा सुवेदीले चिट दिन खोज्दा मैले लिन मानिन् र चिट फुत्त फ्याँकेर बाहिर निस्कनुभयो ।
परीक्षा सके पश्चात म कोठामा गए । सुवेदी आएर ढोका ढक्ढक्याउँदा मैले ढोका खोलिदिए । मसँग पानी खान माग्नु भयो । मैले पानी दिए । पानी खाएपछि सुवेदीले एकसय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो । चुरोट लिएर आए पश्चात मलाई पानी पिउन दिनुभयो । पानी खाइसकेपछि केही क्षणमा चक्कर लागेजस्तो भयो । टाउको धोइ पखाली गरेर अत्याधिक रिगंटा लागेको हुँदा भुँइमा रहेको म्याट्रेसमा सुते । म त्यही निदाएछु ।
भोलिपल्ट ब्यूँझँदा कोठामा बियरको बोतल, चुरोटको ठुटा र कागज छरपष्ट थियो मेरो भित्री बस्त्र नभएको अवस्थामा थियो । बेड कभरमा रगतको टाटै टाटा । मलाई झुक्काएर पानीमा नशालु पदार्थ मिसाएर खुवाइ बेहोस बनाएर जबरजस्ती करणी गरि सुवेदी गएका थिए । त्यसपछि म बिरामी भइ क्याम्पस नगई कोठामै बसेको थिए । मलाई एकिन मिति समय थाहा भएन पहिलो घटना भएको ३÷४ दिनपछि बिहान ६ बजेतिर सुरज सर मेरो कोठा पुनःआउनुभयो ।
मैले तपाईं किन मेरो कोठामा आई मलाई झुक्काएर नशालु पदार्थ खुवाएर बेहोस पारी ‘रेप’ गरी जानुभयो ? भन्दा सरले मलाई निजले रेप गरेको नराम्रो भिडियो देखाउनु भयो । म त डरले केही भन्न सकिनँ, रुन मात्र सके ।
त्यसपछि विभिन्न मिति समयमा निज मेरो कोठामा आएर सोही भिडियो देखाउँदै कोही कसैलाई सो बारेमा बताएमा भिडियो भाइरल गरिदिन्छु भन्दै मलाई पटक—पटक जबरजस्ती करणी गर्नुभयो । उक्त भिडियो भाइरल बनाइ मेरो बेइज्जत गर्छ भन्ने डरले निजले म उपर गरेको घटनाको बारेमा कसैलाई बताउन सकिनँ । त्यसपछि दिउँसोको प्रायः २ बजेको समयमा सुवेदी मेरो कोठामा प्रायः बियर लिएर आउने, यो खाने कुरा बना, त्यो खाने कुरा बना भन्दै खानेकुरा बनाउन लगाउने खाने गर्न थाले ।
मलाई जबरजस्ती बियर, चुरोट नशालु पदार्थ सेवन गर्न लगाउने, खान नमान्दा मलाई चुरोटले पोल्ने, कुट्ने, मार्ने धम्की दिने, भिडियो देखाई दिन्छु भन्दै धम्काउने र सुवेदीले बनाएको अश्लिल भिडियो देखाएर मलाई जबरजस्ती करणी गरी जाने गर्न थाले । ‘तँ क्याम्पस जानु पर्दैन’ भनि क्याम्पस जानबाट रोक लगाउन पनि थाल्यो । सुवेदी शिक्षक भएकोले म क्याम्पस गएपछि गेटबाटै फर्काउने र भिडियो सार्वजनिक गरी दिने डरले म क्याम्पस जान सकिनँ । मलाई यकिन मिति समय याद भएन्, वैशाख जेठ महिनातिर सुवेदी मेरो कोठामा आई मलाई लिएर बिराट नर्सिङ होम अस्पताल अगाडि रहेको विराट होटलमा पु¥याए । उक्त होटलको साहुसँग कोठाको कुरा गरी मलाई कोठामा राख्यो । कोठा भित्र पस्ने बितिकै आफ्नो भेस्ट खोलेर राख्दै बियर खोल्न लाग्यो । मैले बियर खान्न मेरो पीरियड भएको छ, म सक्दिन भन्दा ‘नाटक गर्छेस’ भन्दै जबरजस्ती बियर खुवायो र २ पटक जवरजस्ती करणी गरी फोन गरेर विनोद राउत भन्ने साथीलाई बोलायो । सुवेदीले विनोद भन्ने साथीलाई बोलाउँदा फोनमा ‘हामी बियर र गर्लफ्रेण्ड सेयर गर्नुपर्छ’ भन्दै थियो । त्यसपछि विनोद भन्ने मान्छेसमेत आएर मलाई जबरजस्ती करणी ग¥यो । सुरज सरको डरले मैले केही पनि भन्न सकिनँ । सुरज सरले मलाई डरत्रासमा पारी धाक धम्की दिइ बियर, चुरोट, विभिन्न किसिमको नशालु पदार्थ खुवाएर बारम्बार जबरजस्ती करणी गरी मलाई क्याम्पस समेत जान नदिई मेरो भविष्य बिगार्दै गएकोले सो घटनाको बारेमा सुवेदीको छोरालाई पनि फोन (.....) र म्यासेजबाट घटना सुनाएको थिए ।
सुवेदीले साथीलाई पनि बलात्कार गर्न लगाएपछि जेठ महिनाको अन्तिम तिर धरान आइज भन्दै धम्काएपछि म एक्लै बस चढी दिनको १२÷१ बजेको समयमा धरान पुगे । सुवेदीले मोटरसाइकलमा चढाएर संखुवासभाको खाँदवारी पु¥यायो । खाँदबारीस्थित भेनस होटलमा ३ दिन राखी मलाई पटक—पटक जबरजस्ती करणी ग¥यो । सुवेदीले मेरो क्याम्पसमा समेत मेरो बुबा आमाको सम्पर्क नम्बर मेटाएर आफ्नो नम्बर राखेको थियो ।
सुवेदीको डरले म अधिकारी थरको मानिसको घरबाट रेग्मी थरको मानिसको घरमा कोठा सरे । त्यो कोठा समेत पत्ता लगाएर निज आई धाकधम्की दिई मलाई जबरजस्ती करणी गरे । त्यसपछि मैले त्यहाँबाट समेत पोखरेल थरको मानिसको घरमा कोठा सारे । त्यो कोठासमेत निजले पत्ता लगाई त्यहाँ समेत आएर २०७९ असार २८ गते जबरजस्ती करणी ग¥यो । मिति २०७९ असार ३० गते निज पुनः मेरो कोठामा आयो । मैले अब उप्रान्त म त्यस्तो कार्य गर्न सक्दिनँ, तपाई मलाई दुनियाँका अन्य लोग्ने मानिसहरुसँग शारीरीक सम्पर्क राख लगाउनुहुन्छ मेरो पढाइ, लाइफ बर्बाद बनाइ दिनुभयो म तपाईको बारेमा परिवारलाई भनिदिन्छु र आत्महत्या गरी दिन्छु भन्दा सुवेदी चुपचाप केहि नबोली फर्किएर गयो ।