आइटिएफ तेक्वाण्डो प्रदेश १ को अध्यक्षमा पुनः प्रविण कार्की

<span class='c1'>आइटिएफ तेक्वाण्डो प्रदेश १ को</span> <span class='c2'>अध्यक्षमा पुनः प्रविण कार्की</span>

विराटनगर । प्रदेश नं. १ आइटिएफ तेक्वाण्डो संघको अध्यक्षमा प्रविण कुमार कार्की पुन ः निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको आइटिएफ तेक्वाण्डो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।


कार्की यसअघि पनि आइटिएफ तेक्वाण्डो संघ प्रदेशको अध्यक्ष रहेका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले तेक्वाण्डो खेलको विकास गरेर अगाडी बढने बताए । राज्यले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट बिनायोजन नगरेको कारण खेल क्षेत्रपछि परेको उनले बताए । तीन तहको सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट छुटयाएर यस क्षेत्रको विकास गरेर अगाडी बढनुपर्ने बताए ।


आइटिएफ तेक्वाण्डो संघको उपाध्यक्षमा चतुरलाल चौधरी, राजेन्द्र धिमाल, सचिब चन्द्र बहादुर तामाङ्ग, कोषाध्यक्ष ओम कुमार श्रेष्ठ रहेका छन् । यस्तै संघको सदस्यहरूमा जितन थापा, प्रलाद राउत, विर बहादुर तामाङ्ग, बिक्रम लिम्बु, केरिसा आचार्य, आयूषा तामाङ्ग र दिलन राई रहेका छन् ।
कार्यक्रम खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्यी सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्