विराटनगर । विराटनगरमा भोली शनिबार ५४ औँ सस्करणको निकालिने ऐतिहासिक रथयात्राको लागी ३ जना डिएसपी सहित ६ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ ।
रथयात्रामा चोरी तथा अन्य घटना हुन नदिनको लागी मोरङ प्रहरीले सुरक्षा व्यावस्थाको लागी कडाईका साथ जनपथ, शसस्त्रसंगै थप १ सय जना ट्राफिक प्रहरी परिचालन गर्ने भएको हो ।
कोरोना भाईरसका कारण २ बर्ष सम्म स्थगित भएको रथयात्रा यसपटक निकालिने भएको छ । रथ यात्रामा अत्याधिक भीडभाडमा चोरी तथा लुटपाट हुने भएका कारण सुरक्षा व्यावस्थालाई थप चुस्तदुरुस्त पार्नको लागी सुरक्षारणनिती अपनाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
भोली शनिबार विराटनगरमा निकालिने रथयात्राको लागी ६९० सादा पोसाक , जनपथ र सशस्त्र र थप १ सय जना ट्राफिक प्रहरी खटाइएको श्रेष्ठले बताउनुभयो । रथयात्राको सुरक्षारर्थ ४२ ठाँउ पिकेट, ड्रोन क्यामारा र सिसि क्यामाराबाट निगरानी, समेत गरिने डिएसपी श्रेष्ठले आवर विराटनगरलाई जानकारी दिनुभयो ।
रथयात्रामा अत्याधिक भिडभाड हुने भएका कारण अमुल्य गरगहना महङ्गो मोवाईल तथा जिन्सी नबोकी आउन जिल्ला प्रहरी कार्यालय मोरङले आग्रह गरेको छ ।