विराटनगर । विराटनगरको ट्राफिक चौकमा रहेको टम एण्ड जेरी म.म हाउसले पुन अर्को टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउस संचालनमा आउने भएको छ ।

विराटनगरमा टुयिन्स ब्रदर्सले चिनिएका रामलक्ष्मण गुरुङले करिब ३० लाख बढीको लगानीमा टम एण्ड जेरी क्याफे वीथ बिर्यानी हाउस संचालनमा ल्याउने भएको हो । राम र लक्ष्मण जुम्ल्या दाजुभाई हुन् । उनीहरुले यस अघि नै ओल्ड इज गोल्ड नारा सहित टम एण्ड जेरी म.म हाउस संचालनमा ल्याईसकेका छन् । उनीहरुको मम हाउस विराटनगरको लागी प्रख्यात रहेको छ ।

यससगै पुन सबै बर्ग तथा तहतप्काको लागी सस्तो राम्रो र मिठो परिकार उपलब्ध गराउने उदेस्यका साथ टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउस संचालनमा ल्याएको क्याफेका संचालक विष्णु गुरुङले जानकारी दिए । नयाँ खोलिएको टम एण्ड जेरी क्याफेमा विशेषगरी भेज तथा ननभेज ब्रियानी उपलब्ध हुने गुरुङले बताए ।

त्योसँगै क्याफे वीत ब्रियानी हाउसमा भेज तथा ननभेज खाना १ सय रुपैयामा नै उपलब्ध हुने ब्रियानी हाउसकी संचालिका पुजा गुरुङले जानकारी दिईन् । क्याफेमा एकदमै सस्तो, ताजा र सफा परिवारिक वातावरणमा ब्रियानी हाउस संचालनमा आउन लागेको गुरुङले बताईन् ।
क्याफेको सम्पुर्ण साजसज्जावटका कामकाजहरु सकिएको र भदौ ५ गते आईतबारदेखी औपचारिक रुपमा उद्धघाटन गरी संचालनमा ल्याइने टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउसले जनाएको छ । क्याफेमा भारत र नेपालको विभिन्न ठाँउमा विगत २५ बर्षभन्दा लामो समय सम्म कुकको अनुभव लिएका एचओडी रञ्जन भुजेल सहित १० जना बढीले अहिले रोजगारी पाईरहेका छन् ।