विराटनगर–११ म ज्येष्ठ नागरिक सामुदायिक भवनको उद्घाटन

<span class='c1'>विराटनगर–११ म ज्येष्ठ नागरिक</span> <span class='c2'>सामुदायिक भवनको उद्घाटन</span>

विराटनगर । विराटनगर–११ मा नवनिर्मित ज्येष्ठ नागरिक सामुदायिक भवनको एक समारोहका बीच उद्घाटन गरिएको छ । नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले ज्येष्ठ नागरिक खुल्ला किताब भएको बताए । उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिए । “ज्येष्ठ नागरिकका अनुभव अनुशरण गर्ने हो भने किताबमा भन्दा बढी उहाँहरुसित ज्ञान हुन्छ, उहाँहरुको भोगाइ हुन्छ,” मेयर कोइरालाले भने, “भावीपुस्ताले ज्येष्ठ नागरिक अनुभव र ज्ञानलाई ग्रहण गर्नुपर्छ ।”

त्यस्तै उपमेयर कार्कीले विराटनगर–११ का ज्येष्ठ नागरिकलाई समय बिताउन अब सहज हुने बताइन् । उनले आगामी दिनमा महानगरले सामुदायिक भवनका लागि थप सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । “महानगरमा हामी रहुञ्जेल यस भवनका लागि सहयोग गर्छौं,” उनले भनिन्, “अब यस क्षेत्रका ज्येष्ठ नागरिकलाई भेला भएर गफ गर्न र अनुभव आदानप्रदान गर्न सहज हुनेछ ।”
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ज्येष्ठ नागरिक जम्मा भएर समय व्यतित गर्न भवन उपयुक्त हुने विचार राखे । ज्येष्ठ नागरिकका बाँकी जीवनलाई कसरी सहज बनाउने भन्ने विषयमा समाजले समेत सोच्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा जग्गा खरिद र भवन निर्माणका लागि १ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने शारदा कार्की थापा, दीनबन्धु गोयल, कमल ढुंगाना, सम्झना नेपाल, भरत कार्की, सरला चापागाईं, श्रीनिवास सारडा, मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र पूर्वमेयर भीम पराजुलीलाई सम्मानसमेत गरिएको थियो ।

महानगरसहित स्थानीयको सहयोगमा निर्मित भवनमा योग, ध्यान, भजनकीर्तनसहित ज्येष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन गरिने ज्येष्ठ नागरिक समाज वडा कार्यसमितिका अध्यक्ष ललित श्रेष्ठले जानकारी दिए । सचिव अर्जुन भट्टराईका अनुसार ज्येष्ठ नागरिक समाजमा ४६८ आजीवन सदस्य रहेका छन् । भवन निर्माणका लागि ३५८ रुपैयाँदेखि ३ लाख १ हजार १ सय ११ रुपैयाँसम्म सहयोग प्राप्त भएको सचिव भट्टराईले जानकारी दिए । कार्यक्रममा विराटनगर ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, सम्मानितहरुका तर्फबाट दिनबन्धु गोयल, आयोजक संस्थाका कोषाध्यक्ष शोभा कोइराला, इन्द्र खतिवडा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्याल, ज्येष्ठ नागरिक समाज प्रदेश–१ का अध्यक्ष मणिकुमार अज्र्याललगायतले मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्