विराटनगरमा आज रथयात्रा हेर्न जादै हुनुहुन्छ ? यी कुरामा सतर्क भएर मात्रै जानुहोस !

<span class='c1'>विराटनगरमा आज रथयात्रा हेर्न जादै हुनुहुन्छ ?</span> <span class='c2'>यी कुरामा सतर्क भएर मात्रै जानुहोस !</span>

विराटनगरमा निकालिने ५४औं संस्करणको राधाकृष्ण रथयात्राको सुरक्षामा ९ सय ६० प्रहरी खटाइने भएको छ। रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा रणनीति नै बनाइएको छ।

लाखौ मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस :

१) महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला ।

२) गोजीमा पर्स नबोक्नुहोला , धेरै पैसा , महँगो मोबाइल फोन नबोक्नु नै बुद्धिमानी हुनेछ आज ।

३) महिलाहरुलाई यौनजन्य हिंसा हुन सक्ने हुनाले धेरै भिड भएको ठाउमा नजानु नै उपयुक्त होला ।

४) साना बालबालिकालाई आफु संगै राख्नुहोला , सकेसम्म एक्लै नछोड्नुहोला ।

५) यात्राका क्रममा हल्लाको पछाडी लागेर नदौडीनुहोला , सकेसम्म सुरक्षित भएर रथको डोरी समाउनुहोला ।

६) रथयात्राका क्रममा कसैले चोरी, अपहरण , यौनजन्य हिंसा तथा अनावस्यक होहल्ला गर्न खोजेमा कृपया प्रहरीलाई सूचना दिनुहोला ।

७) मेलामा पाल्नु हुने महिला दिदि, बहिनी, बालबालिका तथा बृद्ध बृद्धाहरूलाई सम्मान गरौं ।

८) अपरिचित व्यक्तिले दिएको खानेकुराहरू नखानु होला ।

९) मादक पदार्थ तथा नशाजन्य पदार्थ सेवन गरी रथयात्रामा सहभागी नहोऔ ।

१०) रथयात्रा हुने मार्ग आसपासमा सवारी साधनहरू नचलाऔ ।

११) आफु सजग र सर्तक भई मेलामा सहभागी होऔ ।

१२) तपाई सपरिवार मेलामा आउदै हुनुहुन्छ होला । कतै तपाईले आफ्नो घरको झ्याल ढोका लगाउन बिर्सिनु भएको त छैन ?

१३) कोरोना महामारीको ख्याल गरी मास्कको प्रयोग गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्