रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा भजन प्रतियोगिता, बालबालिकाले गाए भजन

<span class='c1'>रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा</span> <span class='c2'>भजन प्रतियोगिता, बालबालिकाले गाए भजन</span>

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा बालबालिकाको भजन प्रतियोगिता सम्पन्न भएको छ । कृष्णजन्मअष्ठमीको अवसरमा भएको उक्त कार्यक्रममा १५ बढि बालबालिकाले सहभागिता जनाएका थिए ।

५-८ वर्षका १० जना र ९-१२ वर्ष उमेर समुहका ५ जना बालबालिकाले विभिन्न भजन प्रस्तुत गरेका थिए । जस्मा पहिलो उमेर समुहबाट आसिर्ता लखोटिया प्रथम तथा कविर राठी दोस्रो बनेका थिए भने अर्को उमेर समुहबाट भेदिका आर्या प्रथम र केजल राठी दोस्रो बनेका थिए ।

कार्यक्रममा सबैभन्दा सानो उमेरका स्लोक राठीले पनि भजन गाएका थिए । बालबालिकालाई भजनमा उत्प्रेरणा जगाउन उक्त कार्यक्रम आयोजना गरिएको क्लबकि प्रमुख स्वेता तोदिले जानकारी दिइन । कार्यक्रममा क्लबकि महासचिव शिल्पा अग्रवाल,नितु अग्रवाल, पुजा राठी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको निर्णायकमा रचना राठी रहेकि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्