रथयात्रा सफलताको मुख्यमन्त्री राईद्वारा शुभकामना

<span class='c1'>रथयात्रा सफलताको मुख्यमन्त्री</span> <span class='c2'>राईद्वारा शुभकामना</span>

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरमा शनिबार निकालिने राधाकृष्ण रथयात्राको शुभकामना व्यक्त गर्नु भएको हो । प्रदेश १ को राजधानी विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान श्रीराधाकृष्णको रथयात्रा निकाल्ने ऐतिहासिक परम्परा सफलताको साथ सम्पन्न हुने विश्वाससहित शुभकामना व्यक्त गर्नु भएको हो ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामै ठूलो मानिने यो रथयात्रामा लाखौं भक्तजन सहभागी हुने गरेका छन् । धार्मिक तथा सांस्कृतिक परम्पराका रुपमा निकालिने श्रीराधाकृष्ण रथयात्राको सफलताका शुभकामना व्यक्त गर्दै म यस अवसरमा सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्दछु ।’ मुख्यमन्त्रीद्वारा शुभकामना सन्देशमा भनिएको छ ।

विगतका दुई वर्ष कोरोना संक्रमणका कारण प्रभावित भएको रथयात्रा यस वर्ष पनि जोखिम हटी नसकेको अवस्थालाई मनन् गर्दै तद्अनुरुपको स्वास्थ्य मापदण्ड अपनाई आफ्नो सांस्कृतिक परम्परालाई अविच्छिन्न तुल्याउन म सबै श्रद्धालु भक्तजनहरूमा विशेष अपिल पनि गरिएको छ । श्रीराधाकृष्ण रथयात्रा प्रदेश नं. १ कै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा होे । यस दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने प्रचलन केही वर्षदेखि सुरु गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्