बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । शुक्रबार राती ८ बजे १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ट्रयाक्टरमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको सामान पक्राउ गरेको हो ।
करिव १२ लाख मुल्य बरावरको बिभिन्न किसिमका कपडा तथा जुत्ताहरु प्रहरीसहित ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।