विराटनगरमा राधाकृष्ण रथयात्रा सुरु

<span class='c1'>विराटनगरमा राधाकृष्ण</span> <span class='c2'>रथयात्रा सुरु</span>

विराटनगर । विराटनगरमा ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा सुरु भएको छ । तीनपैनी (पानीट्याङ्की) स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिएको हो ।

राधाकृष्णलाई रथारोहण गराएर मन्दिरमा विधिपूर्वक पूजाअर्जना गरेर रथयात्रा निकालिएको छ । कोरोनाका कारण ५२ र ५३ औं संस्करण परम्परा धान्ने गरि मात्रै निकालिएको थियो । यो वर्षको रथयात्रा अन्यौलबीच आज शनिबार निकालिएको छ ।

पानीट्याङ्कीबाट निकालिएको रथलाई बजारको परिक्रममा गराईने छ । मेनरोडबाट रोडशेष, रोडशेषबाट कोशी राजमार्ग हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिर परिसरमा रथ ल्याएर बिसर्जन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्