विराटनगरको रथयात्रा, उश्रृंखल गतिविधि गर्ने ५६ जना पक्राउ

<span class='c1'>विराटनगरको रथयात्रा, उश्रृंखल गतिविधि</span> <span class='c2'>गर्ने ५६ जना पक्राउ</span>

विराटनगर । विराटनगरमा शनिबार निकाएको राधाकृष्ण रथयात्रामा सहभागी भएर उश्रृंखल गतिविधि गर्ने ५६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार निस्किएको रथयात्राको बेला उश्रृखल गतिविधि गर्ने ५६ जनालाई प्रहरीले पक्राउ गरेको छ । रथयात्रामा सहभागी हुन आएकाहरुले अन्य व्यक्तिमाथि अमर्यादित गतिविधिको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अहिले थप अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । कसुरको मात्र हेरेर थप प्रक्रिया अगाडी बढाईने भएको छ । रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको थिषे । यद्यमी रथयात्रामा बिशाल जनमानस सहभागी भएपनि शान्तिपूर्वक सम्पर्क भएको डिएसपी श्रेष्ठले बताए ।

रथयात्राको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिएको थियो । नौ सय ६० जनाभन्दा बढी सुरक्षाकर्मी रथयात्राका लागि परिचालित भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका तीन जना डिएसपीले फिल्ड कमाण्ड गरेका थिए ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्