पहुँचयुक्त भौतिक संरचना बनाउन अपाङ्गता भएकाहरुको माग

<span class='c1'>पहुँचयुक्त भौतिक संरचना बनाउन</span> <span class='c2'>अपाङ्गता भएकाहरुको माग</span>

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अपाङ्गता भएकाहरूको हक र अधिकार स्थापित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आइतबार सामथ्र्य समाज विराटनगरद्वारा लिखित अपिलपत्र बुझ्दै मन्त्री कार्कीले सरकारले संविधानमा लेखिए अनुसार कार्यान्वयन गराउने बताउनु भएको हो ।

संविधान जारी भएपछि पनिअझै मुलुकमा राजनीति स्थिरता पैदा नभएको बताउँदै मन्त्रीकार्कीले सबैको पहलमा अधिकारहरुको कार्यान्वयन हुने बताउनुभयो । ‘हामीकहाँ अझै पनिस्थिरता कायम भएको छैन, प्रदेशको संरचना हुँदा हामी पुरानै भवनमा छौँ । नयाँ संरचना बनाउँदा अपाङ्गमैत्री बनाउन सरकार प्रतिबद्ध छ । तपाईँहरूले हामीलाई घच्घच्याउनुभयो । यसरी नै अधिकारको स्थापित हुने हो ।’ मन्त्रीकार्कीले भन्नुभयो ।

मन्त्री कार्कीले हरेक व्यक्तिमा फरक क्षमता रहने उल्लेख गर्दै, अपाङ्गता भएका व्यक्तिहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूका हक, हित तथा अधिकार सुनिश्चितता भएका क्षेत्रमा काम गर्दै आएको समाजले प्रदेश स्तरीय नीतिनियम तथा कानून निर्माणमा अनिवार्य पहुँच युक्त सहभागिता गराइनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ पूर्ण रूपमा कार्यान्वयन गराइनुपर्ने, मन्त्रालयमा सहायताकक्ष स्थापना गरिनुपर्ने, पहुँचयुक्त भौतिक संरचना निर्माण गर्नुपर्ने लगायतका सात बुँदे माग सहित अपिल पत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्