कोसी अस्पताल विराटनगरमा चारवटा ‘ओटी’, नयाँ भवनमा स¥यो सर्जरी विभाग

कोसी अस्पताल विराटनगरमा चारवटा ‘ओटी’, नयाँ भवनमा स¥यो सर्जरी विभाग

विराटनगर। कोसी अस्पताल विराटनगरको सर्जरी विभाग चारवटा अप्रेशन थिएटर (ओटी)मा विस्तार गरिएको छ । तीन करोड १ लाख ७ हजार १६४ रूपैयाँ लागतमा ओपीडी भवनको माथिल्लो तलामा चारवटा आृेटी निर्माण गरिएको हो ।

अब सर्जरी विभागमा चार वटा अप्रेसन थिएटरसहित ५० शैय्या भएको छ । अस्पतालका सर्जरी विभाग प्रमुख डा.रवि बास्टकोटीका अनुसार चारजना बिरामीलाई एकैपटक चार ओटी कक्षमा अप्रेशन गर्न सकिने भएको छ । यसअघि सर्जरी विभाग अस्पतालको पुरानो गाइनो वार्डको भवनमा रहेको थियो । गाइनो, सर्जरीको अप्रेसन थिएटर एकसाथ रहँदा सेवा प्रवाहमा पनि समस्या थियो । नयाँ भवनमा ३६ बेडको सर्जरी विभागलाई ५० बेडमा विस्तार गरिएको छ ।

नयाँ भवनमा विरामीको सहजको लागि लिफ्ट पनि जडान गरिएको छ । अस्पतालका मेसु डा.यज्ञराज खरेलले बिरामीलाई सहज र सुलभ सेवा प्रदान गर्न सकिने दावी गरेका छन् । पूर्वाधारसहितको उपकरणहरू जडान गरिएकोले शल्यक्रिया गरेपछि राखिने पोस्टअप वार्डमा १० शय्याको बनाइएको छ । अब दैनिक ५ देखि १० जनाको अप्रेशन संभव हुनेछ ।

जनशक्ति व्यवस्थापन गरेर सेवा प्रभाहलाई चुस्त बनाउन संघीय सरकारसँग आग्रह गरिएको मेसु खरेलले जानकारी दिइएका छन् । वार्डमा नर्स तीन जना र एक जना हेल्थ असिस्टेन्ट रहेका छन् । सर्जरी गर्ने १० जना चिकित्सक भएपनि नर्सको अभाव छ । चार वटा अप्रेसन थिएटरको लागि दुई सिफ्टमा १५ जना नर्स आवश्यक पर्नेछन् । मेसु खरेलले जनशक्ति अभावको विषयमा स्वास्थ्यमन्त्रीलाई पनि जानकारी गराइएको बताए ।

यस अगाडी अस्पतालको मेडिकल भवन पनि बिस्तार गरिसकेको छ । दुई करोड ६ लाख ८६ हजार ९५७ रूपैयाँ लागतमा लिफ्टसहितको मेडिकल भवन निर्माण सम्पन्न भएको हो । भवनमा ३७ शैय्याको मेडिकल वार्ड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्