अष्ट्रेलिया अध्ययन गर्नको लागी विराटनगरमा खुल्यो ‘ए एण्ड जेड एजुकेशन सर्भिसेज’

<span class='c1'>अष्ट्रेलिया अध्ययन गर्नको लागी विराटनगरमा खुल्यो</span> <span class='c2'>‘ए एण्ड जेड एजुकेशन सर्भिसेज’</span>

विराटनगर । विराटनगरको हिमालयरोडमा शैक्षिक अध्ययनका निम्ती अष्ट्रेलिया जानको लागी ‘ए एण्ड जेड एजुकेशन सर्भिसेज संचालन’मा आएको छ ।


शैक्षिक जनशक्तिलाई अध्ययनका लागि अवसर प्रदान गर्ने भन्दै ए एण्ड जेड एजुकेशन सर्भिसेजले आइतबारदेखि आफ्नो सेवा संचालनको शुभारम्भ गरेको हो । एजुकेशन सर्भिसेजको लायन इन्द्र खत्री, ए एण्ड जेड एजुकेशनकी संचालिका कविता पाण्डे , गैर आवासीय संघ अष्ट्रेलियाका निवर्तमान अध्यक्ष केशव कँडेल, शिक्षादिप कलेजका प्रिन्सीपल ज्ञान बहादुर खड्काले फुलको बिरुवामा पानी हालेर शैक्षिक परामर्स केन्द्रको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा गैर आवासीय संघ अष्ट्रेलियाका निवर्तमान अध्यक्ष एवं रजिष्ट्रर्ड माइग्रेसन एजेन्ट केशव कँडेलले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान अपनाउनु पर्ने प्रक्रियाबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।


उनले ए एण्ड जेड एजुकेशन कन्सल्टेन्टले सर्वसुलभ रुपमा शैक्षिक परामर्श, भिसा प्रोसेसिङ, अष्ट्रेलियामा काम गर्दा अपनाउनु पर्ने प्रक्रियाहरु, खेल क्षेत्रमा देखिएका अवसरहरु र अष्ट्रेलियाको जनजीवनबारे कार्यक्रमका सहभागी विद्यार्थी र अभिभावकहरुलाई जानकारी सूचित गरेका हुन् ।
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष लायन भेषराज पोखरेल, शिक्षादीप कलेजका प्राचार्य ज्ञानेन्द्र खड्का, पत्रकार महासंघ मोरङ शाखा सभापती संजिव खनाल लगायत लायन्स क्लवसम्वद्ध र शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्