विराटनगरको ट्राफिक चौकमा ‘टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउस’ संचालनमा

विराटनगरको ट्राफिक चौकमा ‘टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउस’ संचालनमा

विराटनगर । विराटनगरको मुटु ट्राफिक चौकमा टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउस संचालनमा आएको छ । विराटनगरमा टुयिन्स ब्रदर्सले चिनिएका रामलक्ष्मण गुरुङले करिब ३० लाख बढीको लगानीमा टम एण्ड जेरी क्याफे वीथ बिर्यानी हाउस संचालनमा आएको छ । क्याफेको राम र लक्ष्मणको आमा बुबाले रिवन काटेर उद्धघाटन गरी शुभारम्भ गरेका थिए ।


उनीहरुले यस अघि नै ओल्ड इज गोल्ड नारा सहित टम एण्ड जेरी म.म हाउस संचालनमा ल्याईसकेका छन् । उनीहरुको मम हाउस विराटनगरको लागी प्रख्यात रहेको छ । यससगै पुन सबै बर्गका मानिसलाई समेटेर सस्तो राम्रो र मिठो परिकार उपलब्ध गराउने उदेस्यका साथ टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउस संचालनमा ल्याएको क्याफेका संचालक विष्णु गुरुङले जानकारी दिए । नयाँ खोलिएको टम एण्ड जेरी याफेमा विशेषगरी भेज तथा ननभेज ब्रियानी उपलब्ध हुने गरेको गुरुङको भनाई छ ।


त्योसँगै क्याफे वीत ब्रियानी हाउसमा १ सय रुपैयामा नै बफ , चिकेन र भेज ब्रियानी उपलब्ध हुने गरेको गरेको छ ।
क्याफेमा एकदमै सस्तो, ताजा र सफा परिवारिक वातावरणमा भेज तथा ननभेज खानाहरु १ सय मा नै उपलब्ध गराईने गरेको छ ।
क्याफेलाई फरक लुक्समा देखाउनको लागी आकषर्ण रुपमा साजसज्जावट गरिएको छ । आईतबारदेखी औपचारिक रुपमा शुभारम्भ भएसँगै ग्राहकहरुको क्याफेमा भिड देख्न सकिन्छ ।


क्याफेमा भारत र नेपालको विभिन्न ठाँउमा विगत २५ बर्षभन्दा लामो समय सम्म कुकको अनुभव लिएका एचओडी रञ्जन भुजेल सहित १० जना बढीले अहिले रोजगारी पाईरहेका छन् । नयाँ खोलिएको टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउसमा एक पटक सेवा लिन पनि संचालक विष्णु गुरुङले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्