कराँते प्रशिक्षक राउत र सुवेदी पुर्पक्षका लागि कारागार चलान

<span class='c1'>कराँते प्रशिक्षक राउत र सुवेदी</span> <span class='c2'>पुर्पक्षका लागि कारागार चलान</span>

विराटनगर । सामुहिक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका विराटनगर–४ का सुरज भनिने सुरज सुवेदी र विराटनगर–३ का बिनोद राउत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले दुवैलाई सोमबार कारागार चलान गर्न आदेश दिएको हो।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले दुवैलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको जानकारी दिएका हुन् ।
मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।

दुवैलाई जबजरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरिएको थियो। दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्