मिटरब्याजको आतङ्क , मोरङ जिल्लामा ३७ वटा मिटरब्याजी विरुद्ध उजुरी

<span class='c1'>मिटरब्याजको आतङ्क , मोरङ जिल्लामा</span> <span class='c2'>३७ वटा मिटरब्याजी विरुद्ध उजुरी</span>

विराटनगर । मिटरब्याजको जालो तोड्ने उद्देश्यका साथ सरकारले पीडितलाई उजुरी दिन आह्वान गरेसंगै मोरङ जिल्लामा मिटरब्याजी विरुद्ध ३७ वटा उजुरी परेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबारसम्ममा ३७ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । सरकारले उजुरी दिने अन्तिम म्याद भदौ ५ गते आइतबारसम्म मात्रै तोकेको थियो । मिटरब्याजीविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदलले नै गठन गरेको छ । मिटरब्याजको धन्दा चलाउने गिरोहले सम्पत्ति हडपेर र ऋण दिएको नाममा अत्यधिक पैसा असुलेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि सरकारको ध्यानआकर्षण गराएको थिए ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार प्राप्त भएका उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइसकिएको छ । ‘मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै ३७ जनाले उजुरी दिएका छन् ।
प्रजिअ दाहालका अनुसार कतिपयले उजुरी स्वरूप निवेदन मात्रै दिएका छन् । कतिपयले भने केही प्रमाणसहित उजुरी दिएको दाहालले बताए । प्रजिअ दाहालका अनुसार एकै जना मिटरब्याजीबाट धेरै जना सर्वसाधारण पीडित भएको उजुरी पनि परेको छ । सापटी भनेर लिएको पैसामा मिटरब्याज लगाएर घरजग्गा तथा अन्य सम्पत्ति हडपेका घटनाका उजुरी परेको प्रजिअ दाहालले बताए ।

ऋण लिएको पैसा ब्याजसहित तिरिसक्दा पनि जग्गा तथा सम्पत्ति फिर्ता नगरेको उजुरीसमेत परेको छ । कतिपयले ऋण दिने नाममा सर्वसाधारणको जग्गा नै आफ्नो नाममा पारेको र पैसा पनि असुलिरहेको पाइएको प्रजिअ दाहालको भनाइ छ । नेपालमा मिटरब्याजलाई गैरकानुनी मान्दै आएको छ । मिटरब्याज कै कारण विराटनगरमा केही नाम चलेका व्यापारीहरुले आत्माहत्या समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्