विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ देशभक्ति म्युजिक भिडियो विमोचन

विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ देशभक्ति म्युजिक भिडियो विमोचन

विराटनगर । भाषा,संस्कुति र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव सहभागिहरुले दिएका छन् ।

हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज यहाँ आयोजित नेपाली देशभक्ति म्युजिक भिडियो ‘ म परदेशी बन्दिन’ को विमोचनका अवसरमा सहभागीहरुले कला, संस्कृतिको कुनै सीमा हुने हुनाले यसको संरक्षणले मुलकको मौलिकता झल्कने बताउनु भएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला म्युजिक भिडियोको विमोचन गर्दै मुलुकको चिनारी झल्काउन विकास निर्माणसँगै कला, संस्कृति, भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले महानगरपालिका यस क्षेत्रका साहित्यकार, कलाकारहरुको पहिचान स्थापित गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
हिपमत मिडिया प्रमुख वीरेन्द्रकमार साह, पूर्व राष्ट्रिय सभाका सदस्य खेम नेपाली ,सदानन्दन मण्डल,प्रेमकमार यादव, बसुन्धरा झा लगायतले कला, संस्कृतिको संरक्षणबाट पर्यटन व्यवसाय फस्टाउनका साथै मुलुकको विकास झल्कने विचार राख्नु भयो ।

सोही अवसरमा भाषा, कला , संस्कृति क्षेत्रमा कार्य गर्ने विभिन्न एक दर्जन कलाकारहरुलाई सम्मान गरिएको थियो ।
विमोचन गरिएको गीतका गायक वीरेन्द्रकुमार झा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्