विराटनगरमा अन्तराष्ट्रिय ब्राण्डका कस्मेटिक सामाग्री पाईने कस्मेटिक स्टोर संचालनमा

विराटनगरमा अन्तराष्ट्रिय ब्राण्डका कस्मेटिक सामाग्री पाईने कस्मेटिक स्टोर संचालनमा

विराटनगर । एउटै छाता मुनी कस्मेटिक श्रृंगारका सामाग्री तथा ब्राण्डेड लेडिज व्याग उपलब्ध गराउने लक्ष्य सहित विराटनगरको ट्राफिक चौकमा ओएसएस कस्मेटिक स्टोर संचालनमा आएको छ ।


करिब ४० लाखको लगानीमा विराटनगरकी उद्यमी महिला रिता ढकालले नारी विशेष श्रृंगारका सामाग्री उपलब्ध गराउदै संचालनमा ल्याएकी हुन् ।
ओएसएस कस्मेटिक स्टोरको विराटनगर महानगरपालीकाकी उप प्रमुख शिल्पा निरला कार्कीले रिवन काटेर शुभारम्भ गरेकी थिईन् । उद्धघाटन कार्यक्रममा प्याव्सन मोरङकी अध्यक्ष शितला सुब्बा ,महिला युवा उद्यमी अनुपमा बास्तोला लगायतको उपस्थित रहेको थियो ।


कस्मेटिक स्टोरमा अन्तराष्ट्रिय ब्राण्डका मेकअपका सामान साथै ब्राण्डेड लेडिज व्यागहरु उपलब्ध हुने ओएसएस कस्मेटिककी संचालिका रिता ढकालले जानकारी दिईन् । त्यो सँगै स्टोरमा स्कीन विशेषज्ञ चिकित्सकले सुझाव दिएका स्कीन केयरका कस्मेटिक सामाग्री समेत पाईने ढकालले बताईन् । स्टोरमा पाईने कस्मेटिक सामाग्री सबै विदेशी ब्राण्डका रहेको जनाएको छ । कस्मेटिक सामाग्री सँगै माथील्लो तल्लामा साई श्रृंगार मेकअप स्टुडियो संचालनमा रहेको छ । साथै संचालनमा आएको एक हप्ता सम्म कस्मेटिकमा ५ र व्यागमा १० प्रतिशत छुटको अफर दिएको संचालिका रिता ढकालले आवर विराटनगरलाई जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्