विराटनगरमै छन् मिटरब्याजी

<span class='c1'>विराटनगरमै छन्</span> <span class='c2'>मिटरब्याजी</span>

विराटनगर । विराटनगरका आठजना मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएका छन् । मोरङमा ३७ जना पीडितले उजुरी दिदाँ विराटनगरका १३ जना रहेका छन् ।

विराटनगर–१८ का धनजीत मण्डल, विराटनगर–१२ का झरीलाल कुसियैत यादव, विराटनगर–१७ का शिवु विश्वकर्मा, विराटनगर–४ का महानन्द यादव, विराटनगर–१४ का लक्ष्मीकान्त विश्वास, विराटनगर–२ का प्रविन जैन, विराटनगर–१३ का रामकुमार शर्मा धवानी, विराटनगर–८ का श्यामकुमार यादव, विराटनगर–७ का संजय कुमार करवा, विराटनगर–९ का संजयकुमार रौनियार, विराटनगर–१७ का दिलिपकुमार ताम्राकार, विराटनगर बुधनप्रसाद साह तेली, विराटनगर–१५ का जितेन्द्रकुमार रजक विरुद्ध उजुरी परेको हो । यीमध्ये विराटनगर–२ का जैन विरुद्ध दुईवटा उजुरी परेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पीडितले दिइएको उजुरीको जानकारी गृहमन्त्रालयमा पठाएको बताएका छन् । पीडित भएर बसेका सर्वसाधारण भए उजुरी लिने क्रम अझै जारी रहेको पोखरेलले जानकारी दिए ।

सरकारले पहिलो चरणमा भदौ ५ गतेसम्मलाई म्याद तोकेर देशभरका मिटरब्याजी पीडितलाई उजुरी दिन आग्रह गरेको थियो । पहिलो चरणमा सुचना तथा जानकारी पाएकाहरुले मात्रै उजुरी दिएका छन् । मोरङमा थप कोहि पीडित भए उजुरी दिन म्याद रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्