मोरङ कारागार विराटनगरका कैदीबन्दीको विवरण संकलन

मोरङ कारागार विराटनगरका कैदीबन्दीको विवरण संकलन

विराटनगर । मोरङ कारागार विराटनगरका कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कारागारमा डेस्क स्थापना गरेर कैदीबन्दीको विवरण संकलन सुरु गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार कारागारमा रहेका ९९६ पुरुष र ७६ जना महिला कैदीबन्दीलाई राष्ट्रिय परिपत्रपत्र उपलब्ध गराउने गरि विवरण संकलन थालिएको हो । उहाँले एक हप्तासम्म लगाएर विवरण संकलनको काम गरिने जानकारी दिनुभयो ।

गत असारमै कैदीबन्दीको विवरण संकलन गर्ने योजना रहेपनि कोरोना संक्रमण फैलिएपछि कार्यक्रम स्थगीत गरिएको थियो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार कारागारमा आयोजित कार्यक्रममा कैदीबन्दीको विवरण संकलन कार्यको शुभारम्भ गर्नु भएको थियो ।
मोरङका हालसम्म नौवटा पालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ताको काम सकिएको छ । हाल उर्लाबारीमा विवरण संकलनको काम चालु रहेको सहायक प्रजिअ पोखरेलले बताउनुभयो । हालसम्म २ लाख ३० हजारको विवरण संकलन भईसकेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्