म्यानमार रोहिंग्या सङ्कटको पाँच वर्ष

<span class='c1'>म्यानमार रोहिंग्या सङ्कटको</span> <span class='c2'>पाँच वर्ष</span>

म्यानमारमा सेनाले सन् २०१७ मा देशको रोहिंग्या मुस्लिम आबादीविरुद्ध कडा दमन सुरु गरेको थियो । सात लाख ४० हजारभन्दा बढी शरणार्थीलाई छिमेकी देश बङ्गलादेशमा पुगेका थिए ।

गएको पाँच वर्षका सङ्कटसम्बन्धी मुख्य मिति यस प्रकार छन्ः

सेना परिचालन
सन् २०१७, अगस्त २५ का बिहान सबेरै अराकान रोहिंग्या साल्भेसन आर्मी भनिने रोहिंग्या उग्रवादी समूहले म्यानमारको तटीय रखाइन राज्यमा दर्जनौं प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा एक दर्जन अधिकारीको हत्या गरेका थिए ।

सेनाले रोहिंग्याका गाउँमा विद्रोहीहरुलाई धपाउन बदला स्वरुप कारबाहीका क्रममा चार सय विद्रोहीलाई मारेको बताएको थियो । तर विपक्षीले मारिएका अधिकांश सर्वसाधारण नागरिक रहेका बताएका छन् । सैन्य कारबाहीको पहिलो दुई हप्तामा कम्तिमा एक हजार मानिस मारिएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

शरणार्थी पलायन
सन् २०१७, सेप्टेम्बर ५ सम्ममा एक २० हजारभन्दा बढी रोहिंग्या बङ्गलादेश पलायन भएका थिए । त्यहाँका असुरक्षित शरणार्थी शिविर ओझेलमा परेका थिए । बङ्गलादेशमा पहिलेका हिंसाका कारण कम्तिमा दुई लाख रोहिंग्या रहेका थिए ।

सुकीले मौनाता तोडियो
म्यानमारविरुद्ध अन्तरराष्ट्रिय आक्रोश बढेको थियो । सैनिकमाथि रोहिंग्या घर भत्काएको आरोप र केही विश्व नेताले “जातीय सफाया” भएको आरोप लगाएका थिए ।

सङ्कटको बारेमा आफ्नो पहिलो बयानमा म्यानमारका नागरिक नेता र नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीले सन् २०१७, सेप्टेम्बर १९ मा अधिकार उल्लङ्घन गर्नेलाई जवाफदेही बनाउने वाचा गर्नुभएको थियो । तर सेनालाई दोष दिने भनाइ भने अस्वीकार गर्नुभएको थियो ।

सम्भावित ‘नरसंहार’
बङ्गलादेश र म्यानमार सन् २०१७ नोभेम्बर २३ मा शरणार्थीलाई स्वदेश फिर्ता गर्न सुरु गर्न सहमत भएका थिए । तर शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले उनीहरूको सुरक्षित फिर्ताको अवस्था नरहेको र प्रक्रिया रोकिएको बताएका थिए ।

संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जेइद राद अल हुसेनले सन् २०१७ डिसेम्बर छ मा सम्भावित ‘नरसंहारका तत्व’को चेतावनी दिए र अन्तरराष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका थिए ।

अदालत र प्रतिबन्ध
सन् २०१७, अगस्त २५ मा दशौँ हजार रोहिंग्या शरणार्थीले आफ्नो पलायनको पहिलो वार्षिकोत्सव मनाउन विरोध प्रदर्शन गरेका थिए । संयुक्त राष्ट्रसङ्घका अन्वेषकले म्यानमारका सेना प्रमुख र अन्य पाँच शीर्ष सैन्य कमाण्डरलाई नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधको अभियोगमा मुद्दा चलाउन आह्वान गरेका थिए ।

सन् २०१७ नोभेम्बरमा दुई हजार दुई सय ६० रोहिंग्यालाई स्वदेश फर्काउने प्रयास असफल भयो किनभने उनीहरूले आफ्नो सुरक्षाको ग्यारेन्टी बिना छोड्न अस्वीकार गरे ।

पत्रकार जेलमा
सन् २०१७ सेप्टेम्बर ३ मा रोहिङ्ग्या नरसंहारको समाचार सम्प्रेषण गर्दा म्यान्मारको राज्य गोप्य कानून उल्लङ्घन गरेको आरोपमा रोयटर्सका दुई पत्रकारलाई सात वर्षको जेल सजाय गरिएको थियो । राष्ट्रपतिको माफीमा रिहा हुनुअघि उनीहरूले पाँच सयभन्दा बढी दिन जेलमा बिताएका थिए ।

अमेरिकी प्रतिबन्ध
सन् २०१७ जुलाई १५ मा वासिङटनले म्यानमारको सेना प्रमुख र तीन अन्य शीर्ष अधिकारीविरुद्ध प्रतिबन्धको घोषणा गर्यो । करिब तीन हजार पाँच सय रोहिंग्या शरणार्थीलाई स्वदेश फर्कन अनुमति दिइयो तर अगस्ट २२ मा कोही पनि आएनन् ।

कानुनी चुनौति
सन् २०१७ नोभेम्बर ११ मा गाम्बियाले रोहिंग्यामाथिको व्यवहारका लागि म्यान्मारले नरसंहार गरेको आरोप लगाउँदै अन्तरराष्ट्रिय न्यायालय (आइसीजे) मा मुद्दा दायर गर्यो ।

तीन दिनपछि छुट्टै हेगमा रहेको अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रोहिंग्यामाथि भएको उत्पीडनको पूर्णअनुसन्धानका पक्षमा बोलेको थियो ।

सोही हप्तामा विश्वव्यापी अधिकार क्षेत्रको सिद्धान्त अन्तर्गत अर्जेन्टिनामा अधिकार समूहले तेस्रो मुद्दा दायर गरेका थिए ।

सुकी अदालतमा
सन् २०१७ डिसेम्बर ११ मा गाम्बियाले दायर गरेको मुद्दालाई सुकीले व्यक्तिगतरूपमा म्यानमारको प्रतिरक्षाको नेतृत्व गर्दै आफ्नो मुद्दा प्रस्तुत गर्नुभएको थियो । उहाँले नरसंहार भएको आरोपको भने खण्डन गर्नुभएको थियो । सेनाले अत्यधिक बल प्रयोग गरेको हुनसक्ने उहाँले स्वीकार्नु भएको थियो ।

सन् २०२० जनवरी २३ मा आफ्नो निर्णय सुनाउँदै आइसीसीले म्यानमारलाई कथित नरसंहार रोक्न र चार महिनाभित्र फिर्ता रिपोर्ट गर्न तत्काल कदम चाल्न आदेश दिएको थियो ।

सैन्य ‘कू’
म्यानमारको सेनाले सन् २०२१ को फेबु्रअरी २ मा नागरिक सरकारलाई हटाउने र पछि असहमतिमाथि रक्तपातपूर्ण दमन गर्दै सत्ता कब्जा गरेको थियो । सुकीलाई घरमै नजरबन्दमा राखियो र जुन्टा अदालतमा बन्द ढोकाको सुनुवाइपछि १७ वर्षको जेल सजाय सुनाइयो । उहाँमाथि अझै धेरै आरोप लागेको छ ।

अमेरिकी भनाइ
संयुक्त राज्यले सन् २०२२ मार्च २१ मा आधिकारिकरुपमा घोषणा ग¥यो कि २०१७ को हिंसा नरसंहार थियो र रोहिंग्यालाई नष्ट गर्ने प्रयासको स्पष्ट प्रमाण थियो । आइसीसीले सन् जुलाई २२ मा गाम्बियाले दायर गरेको मुद्दा अघि बढ्न सक्ने जनाएको दिएको थियो । त्यही महिनामा जुन्टाले चार जना कैदीलाई मृत्युदण्ड दियो । यस देशमा यो दशकौँपछि देशमा मृत्युदण्डको पहिलो प्रयोग थियो ।

शिविरम हत्या
सन् २०२२ अगस्ट १० मा दुई रोहिंग्या समुदायका नेतालाई बङ्गलादेशका शरणार्थी शिविरमध्ये एउटामा गोली हानेर हत्या गरियो । रोहिंग्या स्रोतले एएफपीलाई गोलीबारीमा एआरएसएको हात रहेको बताएका थिए । एआरएसएमाथि लागुऔषध, राजनीतिक विरोधीको हत्या गर्ने र शिविरमा त्रासको वातावरण सिर्जना गरेको आरोप छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्