विराटनगर । डाका मुद्दामा पाँचवर्ष ११ महिना २८ दिन कैद र नौलाख ४० हजार ५०० जरिवाना ठहर भई फरार रहेका विराटनगर–१७ का ५० वर्षीय महमदजुवेर मियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले उनलाई पक्राउ गरेर जिल्ला अदालत मोरङमा बुझाएको हो ।
मोरङ जिल्ला अदालतले २०७५ असोज १ गतेको आदेश अनुसार मियाँ विरुद्ध डाका गरेको मुद्दामा सजाय ठहर गरिएको थियो । पक्राउ परेका उनलाई अदालतमा बुझाईएकोमा मोरङ कारागार कार्यालय चलान गरिएको मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।