विराटनगर–१२ मा ‘ग्याङ्ग फाइट’ दशजना घाईते

<span class='c1'>विराटनगर–१२ मा ‘ग्याङ्ग</span> <span class='c2'>फाइट’ दशजना घाईते</span>

विराटनगर । विराटनगर–१२ मल्हन्वा टोलमामा दुई पक्षबीच ग्याङ फाइट हुँदा दशजना घाइते भएका छन् । मङ्गलबार साँझ भएको ग्याङ फाइटमा घाईतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार राजबंशी गम्भीर घाइते भएका हुन् ।

न्युरो अस्पतालमा उनको उपचार भइरहेको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको थियो । अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् ।

कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएक छन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्