ठगी आरोपमा विराटनगरका युवक काठमाण्डौंमा पक्राउ

<span class='c1'>ठगी आरोपमा विराटनगरका</span> <span class='c2'>युवक काठमाण्डौंमा पक्राउ</span>

विराटनगर। क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा विराटनगर–१६ का २६ वर्षीय युवक उत्सव दाहाललाई प्रहरीले पक्राउ गरेको छ । हाल काठमाडौं–१० बानेश्वर बस्‍दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छ भनी उनले पीडितबाट ६ लाख २४ हजार ठगी गरेको आरोप छ । उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्