मनोज दाहाल
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली महिलाहरुले मनाउने तीज पर्वबाट एक आपसमा सद्भाव बढेको बताउनु भयो ।
उद्योग एवं समाजवादी दीनबन्धु गोयलले वर्षमा एक पटक महिलाहरुले मात्र मनाउने तीजमा पुरुषहरुको पनि सहभागि हुनु सुखद पक्ष हो भन्नु भयो । सो अवसरमा महासङ्घले ३० जना महिला सञ्चारकर्मीहरुलाई एक/ एक थान साडी वितरण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइराला,विभिन्न सङ्घसंस्थाका महिला प्रतिनिधि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । अत्यन्त उत्साह र उमङ्गले भरिएको तीज कार्यक्रममा महिला र पुरुष सञ्चारकर्मीहरुलेसँगै नृत्य प्रदर्शन गरेका थिए ।