उमेदवार सिफारिसको विषयमा विराटनगरका काँग्रेस नेताबीच कुटाकुट

उमेदवार सिफारिसको विषयमा विराटनगरका काँग्रेस नेताबीच कुटाकुट

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै नेपाली काँग्रेस विराटनगरका दुई नेताबीच उमेदवार सिफारिसलाई लिएर बिहीबार हानाहान भएको छ । विराटनगर–३ वनकार्यालय नजिकै नेपाली काँग्रेसका ४ नम्बर क्षेत्रीय सभापति बिनोद बस्नेत र अर्का नेता राजु थापाबीच हानाहान भएको हो ।

गठबन्धन गरेर निर्वाचनमा होमिने निर्णय गरेको काँग्रेसका नेताहरुमा उमेदवार बन्नुपर्ने आकांक्षाले नाम सिफारिस गर्ने की नगर्ने भन्ने विषयमा क्षेत्रीय सभापति बस्नेत र नेता थापाबीच दोहोरो हानाहान परेको थियो । थापाले समानुपातिकतर्फ आफ्नो नाम सिफारिस हुनुपर्ने माग क्षेत्रीय सभापति बस्नेतसँग राखेका थिए । उनी आफैं बस्नेतसँग समय मागेर आएका थिए ।

त्यहि क्रममा दुईबीच सामान्य भनाभन हुँदै दोहोरो हानाहान भएको एक प्रत्यक्षदर्शी काँग्रेसका नेताले जानकारी दिए । उनीहरुबीच सामान्य कुरामा दोहोरो हानाहान भएछ, उनले भने हामी भेला भएर छुट्यायौं ।

काँग्रेसका क्षेत्रीय सभापति बस्नेतले पार्टी जीवनमा सामान्य घटना भएको बताए । बस्नेतलाई भेट्न आएका थापाले–‘मेरो नाम राखिनस् भने तपाँई चखाउँला’भनेपछि विवाद सुरु भएको थियो । प्रक्रियासंगत आउनुपर्छ भन्दा उनले मलाई गालीगलौज गर्दै हातपात गर्न खोजे, त्यसो नगर्नु दाई भनेर सम्झाँए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्