पत्रकार निष्ठुरी र खतिवडा पुरस्कृत हुने

<span class='c1'>पत्रकार निष्ठुरी र</span> <span class='c2'>खतिवडा पुरस्कृत हुने</span>

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ ।

महासंघका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गर्ने निणर्य भएको अध्यक्ष संजीव खनालले बताउनुभयो । पुरस्कारको राशी २५ हजार रहेको छ । यसअघि सो पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलाई प्रदान गरिएको थियो । त्यसैगरि खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई प्रदान गर्ने निणर्य गरिएको छ । पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद कमल पौडेललाई प्रदान गरिएको थियो ।

दुवै पुरस्कार मोतिराम जयन्तीका अवसरमा भदौ ११ गते प्रदेश नम्वर १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा समर्पण गर्ने निणर्य गरिएको महासंघद्धारा बुधबार सचिव नेत्र पी अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्