विराटनगरमा पेट्रोलपम्पका शौचालय प्रयोगका विषयमा छलफल

<span class='c1'>विराटनगरमा पेट्रोलपम्पका शौचालय</span> <span class='c2'>प्रयोगका विषयमा छलफल</span>

विराटनगर । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल थालेको छ । विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो ।

विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको छ । मेयर नागेश कोइरालाले महानगर बनाउने दायित्व हरेक नागरिकको भएकोले पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोगमा ल्याउन आवश्यक रहेको भन्दै प्रस्ताव गरेका हुन् ।

उपमेयर शिल्पा निराला कार्कीले पनि पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिएबापत महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले छलफल सकारात्मक भएकाले चाँडै नै यसले मूर्त रुपमा लिने दाबी गरे । पेट्रोलियम डिलर्स एसोसिएसनमा आबद्ध व्यवसायीहरूले शौचालय प्रयोग गर्न दिन आफूहरू तयार रहेको बताएका छन् ।

सार्वजनिक नै भनेर लेख्दा समस्या उपन्न हुने भएकोले त्यसमा महानगरले दवाव दिन नमिल्ने बताएका थिए । एसोसिएसनका प्रदेश महासचिव रुद्र कार्कीले संवेदनशील क्षेत्र भएकाले चुरोट खाने, जथाभावी फोहोर गर्ने समस्या आउन सक्ने भएकोले सार्वजानिक भन्न नसकीने र केहि निश्चित मापदण्ड राखेर खुल्ला गर्न सकिने बताएका थिए ।

एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल बिडलाले सार्वजनिक शौचालयकै रुपमा प्रयोग गर्दा पेट्रोलपम्पहरूको सुरक्षामा भने चुनौती देखिने बताएका छन् । महानगर क्षेत्रभित्रका पेट्रोलपम्पमा रहेका शौचालयहरूको अवस्थाको अनुगमन गरी व्यवस्थित बनाउनका लागि महानगर, नेपाल आयल निगम र पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि रहने गरी समिति गठन गरिएको छ । समितिले दिएको सुझावका आधारमा पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा निष्कर्षमा पुगिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्