विराटनगरको तृष्णा रेष्टुरेन्टमा मध्यरातमा झगडा, तीनजना पक्राउ

विराटनगरको तृष्णा रेष्टुरेन्टमा मध्यरातमा झगडा, तीनजना पक्राउ

विराटनगर । विराटनगर एयरपोर्ट रोडमा सञ्चालित तृष्णा रेष्टुरेन्टमा बुधबार राती झगडा भएको छ ।

प्रहरीले झगडामा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेष्टुरेन्टका बाउन्सर श्रवण अली, विराटनगर–१० का सन्तोषकुमार चौधरी र अर्का सुमनकुमार चौधरी रहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् । तृष्णा रेष्टुरेन्टले आयोजना गरेको कन्सर्टमा उनीहरुले बील बुझाउने क्रममा वादविवाद परेको थियो । गायक सुशान्त केसी कन्सर्टमा सहभागी हुन आएका थिए । बुधबार राति साढे ११ बजेसम्म मदिराको मातमा बीलको निहुँमा कन्सर्ट बिथोल्न खोजेका थिए ।

विवादपछि झगडा हुँदा चौधरीको टाउकोमा चोट लागेको छ । उपचारपछि बिहीबार दुवैपक्ष जिल्ला प्रहरी कार्यालयमा पुगेर विवाद मिलाउन छलफलमा बसेका छन् । रेष्टुरेन्टका बाउन्सर भारत फारबीसगन्जका श्रवण अलीले चौधरीलाई कुटपिट गर्दै बाहिर निकाल्न खोजेका थिए । त्यस क्रममा गाडी समेत तोडफोड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्