विराटनगर–११ मा करेन्ट लागेर एकजनाको मृत्यु

विराटनगर–११ मा करेन्ट लागेर एकजनाको मृत्यु

विराटनगर । विराटनगर–११ रामपुर चोकमा रहेको केशरी निपेट वर्कसप कपडा फ्याक्ट्रीमा कार्यरत विराटनगर–१ पोखरियाका ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार बिहान मेसिनबाट अचानक करेन्ट लागेर कामत गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्