विराटनगर । कोसी राजमार्ग अन्तरगत विराटनगर महानगरपालिका–३ खारजीमा अटो टेम्पोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश १–००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर–१२ की ७७ वर्षीय हिमा निरौलाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते निरौलाको उपचारका क्रममा मोरङको बुढीगंगा स्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३८ वर्षीय गौरव कुरुम्वाङ पनि सामान्य घाइते भएका छन् ।