मोरङमा महिलाको नाममा जग्गा पास गर्ने संख्या बढ्दै

मोरङमा महिलाको नाममा जग्गा पास गर्ने संख्या बढ्दै

विराटनगर । मोरङमा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्नेको संख्या वर्षेनी बृद्धि हुँदै गएको छ । सरकारले जग्गा पास गराउँदा २५ प्रतिशत छुट दिने नीति लिएसँगै जमिनमा महिलाको स्वामित्व बढ्न थालेको हो ।

मालपोत कार्यलय मोरङ विराटनगरमा गत आर्थिक वर्ष २०७८÷२०७९ मा २६ हजार ६५० वटा रजिष्ट्रेशन पास भएकामध्ये १० हजार ४०० महिलाको नाममा भएका छन् । जम्मा रजिष्ट्रेशनको ४० प्रतिशत जग्गा महिलाको नाममा पास भएको तथ्यांकमा उल्लेख छ ।
यसैगरी अघिल्लो आर्थिक वर्ष २०७७÷२०७८ मा २६ हजार २७७ वटा जग्गा रजिष्ट्रेशन पास भएका थिए । जसमा ७ हजार ५८१ महिलाको नाममा भएका थिए । जुन ३५ प्रतिशत महिलाको नाममा जग्गा स्वामित्व पास भएको हो ।

महिलालाई जग्गाको स्वामित्व दिलाउने उद्देश्यले दशवर्षदेखि सरकारले २५ प्रतिशत रजिष्ट्रेशन शुल्क छुट दिदैं आएको छ । जसले गर्दा जग्गा पास गराउन परिवारले समेत महिलालाई प्रोत्साहन गर्ने गरेको सेवाग्राही रिना निरौलाले बताउनुभयो ।

महिलाहरूको राजनीतिक अधिकारसँगै आर्थिक अधिकार पनि बढ्दै गएको देखिन्छ । त्यसो त एकल महिला, दलित, अपांग र जनजातिले पनि रजिस्ट्रेसन शुल्कमा छुट पाउाछन् तर उनीहरूले यसबाट उल्लेख्य लाभ लिन सकेका छैनन । श्रीमान–श्रीमतीको संयुक्त नाममा जग्गाधनी पुर्जा लिनेको संख्या पनि न्यून छ । रजिस्ट्रेसन पास भएको संख्या थोरै मात्र बढे पनि पुँजीगत लाभकर भने उल्लेख्य बढेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा ८६ करोड ११ लाख रुपैयाा संकलन भएको छ । अहिले दैनिक एकसयको हाराहारीमा रजिस्ट्रेसन पास भइरहेको छ मालपोत कार्यलय विराटनगरले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्