विराटनगरमा एउटा फरक तिज ‘सिपसंगै तिज’

विराटनगरमा एउटा फरक तिज ‘सिपसंगै तिज’

विराटनगर । महिलाहरुको महान पर्वको रुपमा मानिदै आएको हरितालिका तिज आ आफ्नै तरिकाले मनाईदै आएको छ । हुन त पछिल्लो समय तिज भड्किलो रुपमा मनाउदै आएको देख्न सकिन्छ । तर विराटनगरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले भने फरक शैलिमा मनाएको छ ।


‘सिपसँगै तिज’ भन्ने मुल नारा सहित महिला उद्यम समिति मोरङले विराटनगरमा बिहीबार फरक शैलीमा तिज कार्यक्रम मनाएको छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर फेब्रिकको एक दिने सजावट र माला बनाउने तालिम तथा शुभकामना आदान प्रदान गरेको छ ।
अपाङ्गता भएका परिवारको सदस्यलाई फेब्रिकबाट माला बनाउने तालिम प्रदान गर्नुका साथै तिजको शुभकामना आदान प्रदान गरिएको महिला उद्यम समितीकी अध्यक्ष सुनिता छाराहाङले जानकारी दिनुभयो ।


बार्षिक कार्यक्रम अन्तर्गत हरेक बर्ष सिपमुलुक कार्यक्रम गरेर तिज मनाउने गरेका थियौ,‘यसपटक पनि हामीले सिप आयआर्जन मै केही सहयोग पुगोस भनेर यसपटकको तिज मनाएको हौ।’ महिलाहरु घरेलुउद्यमी बनाउन विगतको दिनमा अचार बनाउने तरिका , जुत्ता चप्पल लगायत अन्य सिपमुलक तालिमहरु प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

 

घरमा खेरा गईरहेको सामानलाई घर मै बसेर आयआर्जनको बाटो बनाउन फेब्रिकको   साजसज्जावट तथा माला बनाउने तालिम प्रदान गरी सिपमुलक तालिमले आयआर्जनको बाटो खुलोस भनेर सिपसँग तिज कार्यक्रम गरिएको घरेलु महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिनुभयो । साथै कार्यक्रममा तिज विशेष नृत्य कार्यक्रम समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्