सौन्दर्यकर्मी युनियन महानगरको विराटनगरमा तिज विशेष कार्यक्रम

सौन्दर्यकर्मी युनियन महानगरको विराटनगरमा तिज विशेष कार्यक्रम

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरले महिलाहरूको महान् चार्ड तीज पर्व मनाएका छन् । सौन्दर्यकर्मी युनियन महानगरले विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम २०७९ मनाएका हुन् ।


तीजको अवसर पारेर नृत्य प्रतियोगिता, १६ शृङ्गार र म्युजिकल चेयर प्रतियोगिता आयोजना गरिएको थियो । १६ श्रृंगारको प्रथम रश्मि कामत भइन् । उक्त प्रतियोगितामा १२ जना सौन्दर्यकर्मीहरूले भाग लिएका थिए ।  म्युजिकल चियर प्रतियोगिताको प्रथम आरती कामत घोषित भइन् । नृत्यमा रन्जु श्रेष्ठ प्रथम र देवीका प्रधान द्वितीय भइन् । साथै कार्यक्रममा व्युटिसियन ओमकुमारी राईलाई सम्मान समेत गरिएको थियो । राईले सौन्र्दकर्मी युनियनको सदस्यता विस्तार गर्नमा अग्रभुमिका निर्वाह गर्नुका साथै उनको कामको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी सचिव भली सुब्बाले जानकारी दिनुभयो ।


वर्ष दिनमा आउने महिलाहरूको महान् पर्व तीजमा सौन्दर्यकर्मीको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको महानगर कमिटी अध्यक्ष अमिता पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सांसद यशोदा अधिकारी, एमाले मोरङको जिल्ला सदस्यीय तथा सौन्दर्यकर्मी सन्तोषी श्रेष्ठ, नाबुनकी केन्द्रीय सदस्यीय गंगा तामाङ, प्रदेश १ का उपाध्यक्ष ललिता धिमाल, सचिव कला डाँगी, फोनिज केन्द्रीय सदस्य सुजता लिम्बुको उपस्थिती रहेको थियो ।


नेपाली हिन्दु नारीहरुले महान चाडको रुपमा मान्दै आएको हरितालिका तिजको शुभकामना दिदै पछिल्लो समय तिज भडकिलो भन्दै गएका कारण यसलाई सव्य र सरल तरिकाले मनाउन अग्राह गरे । साथै कार्यक्रममा राष्ट्रिय सौन्र्दयकर्मी युनियनलाई सहयोगी गर्ने संघ सस्था कार्यक्रमका अतिथिगणहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्