विराटनगर । विराटनगर । विराटनगर १६ दरैयाको उखुबारीबाट तस्करी गरेर लुकाएको अवस्थामा प्रहरीले कपडा बरामद गरेको छ ।
भारतबाट तस्करी भएर आएको करिब साढे ४ लाख बराबरको कपडा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको हो ।
भारतबाट नेपाल तर्फ लुकाई छिपाई तस्करी गरी ल्याएको कपडा दरैयाँको उखुबारीमा लुकाएको विशेष सुराकीको आधारमा ईप्रका रानीमा खबर प्राप्त हुनसाथ ईप्रका रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमान्डमा खटिएको टोलीले ४ लाख ३४ हजार ६ सय मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले लेडिज जामा ४१ पिस, लेडिज लेगिज ८० पिस, नर्मल साडी ९९ पिस, साडी ५५ पिस, थानको कपडा ९४ थान, बुटिक सामान ७२ थान , थानको साडी १७ पिस बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । बरामद गरेको कपडा आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।