विराटनगरमा भोली शनिबारदेखी रात्रीकालीन ‘भेट्रान्स फुटबल प्रतियोगिता’ हुँदै

<span class='c1'>विराटनगरमा भोली शनिबारदेखी रात्रीकालीन</span> <span class='c2'>‘भेट्रान्स फुटबल प्रतियोगिता’ हुँदै</span>

विराटनगर । विराटनगरको सहिद रंगशालामा रात्रीकालीन भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । विराट मेघा स्पोर्ट्स एकेडेमीले भोली शनिबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो।

एकेडेमीले ‘मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल’ प्रतियोगिता शनिबारदेखि सहिद रंगशालमा आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिताका संयोजक वसन्तराज अर्यालका अनुसार प्रदेश १ मा ४० वर्षमाथि उमेर समूहका भेट्रान्स खेलाडीबीच पहिलो पटक रात्रीकालीन फुटबल खेल गर्न लागिएको हो। प्रतियोगितामा प्रदेश १ र मधेस प्रदेशका टोलीबीच प्रतिष्पर्धा हुने अर्यालले जानकारी दिए ।

रात्रीकालीन भेट्रान्स प्रतियोगितासँगै विराटनगरमा तेस्रो पटक फुटबल प्रतियोगिता हुन लागेको हो। यस अघि विराट गोल्डकपको २ वटा संस्करण रात्रीकालीन भइसकेको छ। प्रतियोगितामा मोरङ, सुनसरी, झापा र मधेस प्रदेशको लाहानबाट टोलीको सहभागिता रहेको छ। मोरङको मिल्स भेट्रान क्लब, हाटखोला भेट्रान्स क्लब, जहदा भेट्रान क्लब, सिद्राहा भेट्रान क्लब र आयोजकको विराट मेघा भेट्रान क्लबको ए र बी गरी ६ टोली रहेका छन्। त्यसैगरी, झापाबाट दुधे भेट्रान क्लब, सुनसरीबाट दुहवी भेट्रान क्लब र मधेस प्रदेशबाट लाहान भेट्रान क्लबले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्