विराटनगरको मकालु एभरेष्ट हस्पिटलमा तोडफोड

विराटनगरको मकालु एभरेष्ट हस्पिटलमा तोडफोड

विराटनगर । बालकको उपचारका त्रलममा मृत्यु भएपछि विराटनगरको मकालु एभरेष्ट हस्पिटल तोडफोड गरिएको छ । चिकित्सकको लापरवाहीका कारण विराटनगर ९ गुद्रीका ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले तोडफोड गरेका हुन् ।

बालकको गत वैशाख २८ गते हस्पिटलमा एपेन्डिसाइटको शल्याक्रिया गरिएको थियो । जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. अमिर अफाकले गरेको शल्यक्रियामा लापर्वाही गर्दा मृत्यु भएको भन्दै आक्रोशित आफन्तले तोडफोड गरेका हुन् । बालकलाई जेठ ५ गते डिस्चार्ज दिएको थियो ।

ज्वरो र वान्ता भएपछि बिहीबार मकालु हस्पिटलमा पुनः लगिएको थियो । डा. अफाकले विरामीको अवस्था गम्भीर रहेको भन्दै न्युरो हस्पिटल रेफर गरेका थिए । त्यहाँ उपचारको क्रममा बालकको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको छ । एपेन्डिसाइटको अप्रेशन गर्दा डाक्टरले छोराको अहिले मृत्यु भएको मृतकका बाबु विष्णु पासवानको गुनासो छ । छोराको पेटको शल्यक्रिया राम्रोसँग नगरेको कारणले यस्तो समस्या आएको परिवारको बुझाई छ ।

यता उपचारमा संलग्न चिकिस्तक डा. अमिर अफाक उपचारमा कुनै पनि लापरबाही नगरेको दाबी गरेका छन् । डाक्टरले बच्चाको अप्रेशनसँग अहिलेको समस्या नमिल्ने बताएका छन् । अस्पतालमा तोडफोड गर्नेमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अहिले अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्